| |
सहकारी संस्थाहरु बीचएकापसमा समन्वयात्मकबैशाख २५
- उपतश्कामा समान उद्देश्य बोकि संचालनमा रहेका सहकारी संस्थाहरु बीच एकापसमा समन्वयात्मक तरिकाले संगठित भै अगाडी बढ्ने उद्देश्यले यहि बैशाख २५ गते ललितपुरमा एक भेलाको आयोजना गरियो । बचत तथा ऋण र बहुउद्देश्यीय गरी कूल १२ वटा संस्थाहरुको सहभागीता रहेको सो सभाको प्रारम्भिक चरणको बैठकले प्रत्येक महिनाको तेश्रो शुक्रबार संयुक्त बैठकको आयोजना गरी बैठकमा सहकारीसँग आवद्घ बिशेषज्ञलाई आमन्त्रणा गरी सहकारी आन्दोलनको उत्थानको लागि अन्तरकृया समेत गर्ने निर्णय गरेको छ । सो भेलामा डिभिजन सहकारी कार्यालय भक्तपुरका अधिकृत उमेश्वर नाथ गंगोलले आफुले २ महिने जापानको सहकारी आन्दोलनको बिकासको बारे जानकारी गराउनु भएको थियो । पद्मावतीका अध्यक्ष नेमबीर शाक्यले संचालन गर्नु भएको सो भेलाको उद्देश्य माथी सेभ एण्ड एनहाल्स सहकारीका अध्यक्ष धनबीर महर्जनले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो भने स्कोप सहकारीका अध्यक्ष किरणभाई बज्राचार्यले धन्यबाद ज्ञापन गर्नु भएको थियो । .........स्रोत ( पद्मावती सहकारी त्रैमासिक फागुण - चैत्र ने.सं.११२७ )
|
| top |
| |
२०६३ सालको उत्कृष्ट सहकारी
- २०६३ सालको उत्कृष्ट सहकारी ब्यवसायी पुरस्कार श्री सिद्भि गणेश बचत तथा ऋण सहकारी संस्था लिं. लाई राष्ट्रिय सहकारी संघ लिं . बाट प्रदान गरियो । यसै क्रममा डिभिजन सहकारी कार्यालय , ललितपुरबाट श्री शाक्य पुचः बचत तथा ऋण सहकारी संस्था लिं.लाई प्रदान गरियो ।
|
| top |
| |
अन्तरलगानी चैत्र २९, ललितपुर, गाबहाल
- ललितपुर स्थित रत्नाकर साकोसले ललितपुरकै पद्मावती साकोससँग अन्तरलगानी सम्झाैता गरेको छ । अधिकत्तम २०,००,००० सम्मको हुने सो सम्झाैता पद्मावतीको सभा कक्षमा भएको थियो । दुबै संस्थाहरुका पदाधिकारीहरुको उपस्थितिमा भएको सो सम्झाैतामा २ बर्षको भाका राखी नबिकरण गरिएको हो ।
|
| top |
| |
दिउँसै ७लाख रुपैयाँ लुटियो चैत्र ११ गते
-
चैत्र ११ गते राजधानीको गोंगबु स्थित कालीगण्डकी सहकारी संस्थाबाट सात लाख रुपैयाँ लुटपाट भएको छ । उक्त संस्थामा ग्राहक बनेर गएको एक समुहले दिउँसै १२ बजे उक्त रकम लुटेको हो । चार जनाको नकावधारी लुटेराले उक्त नगद नगद लुटेर भागेको महानगरीय प्रहरीवृत्त महाराजगन्जका प्रहरी नायबउपरीक्षक सुशील भण्डारीले बताउनुभयो ।" एक लुटेराले कटुवा पेस्टोल र एक जनाले छुरी देखाएर नगद लुटेका थिए " भण्डारीले भन्नुभयो ।
कार्यालयमा प्रवेष गर्ने बित्तिकै बढी कुरा गरे मार्ने धम्की दिई लुटेराले लुटपाट गरेका थिए" महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीउपरीक्षक केशव अधिकारीले भन्नुभयो । कार्यालयमा रहेका ६ जना कर्मचारीलाई नियन्त्रणमा लिई नजिकैको कोठामा थुनेर भागेका थिए । प्रहरीका अनुसार लुटेराले कर्मचारीको मोबाईलको सिमकार्ड निकाल्नुका साथै प्रबन्धक गणेशबहादुर केसीको फोनको लाइन पनि काटिदिएका थिए।
|
| top |
| |
चारधाम यत्रा
-
पद्मावती बचत तथा ऋण सहकारी संस्थाको बृद्ध उपसमितिद्वारा आफ्ना सदस्यहरु सम्मिलित गराइ अध्यक्ष नेमवीर शाक्यको नेतृत्वमा पुष २१ देखि २९ गते सम्म नेपाल र भारतका गरी चार बौद्ध धामको अवलोकन भ्रमण सफलतार्पुक सम्पन्न गरियो ।
२वटा बसका ९१ जनाले उत्त अवलोकन भ्रमणमा सहभागिता जनाएको थियो । यात्रा दल रुपन्देही स्थित गौतम बुद्धको जन्मस्थल लुम्बिनी, भारत स्थित कुशीनगर, बनारसको बर्मिज विहार, बुद्धगया, आदि स्थानमा भ्रमण गरियो । प्रत्येक व्यतिसंग रु ५००० शुल्क लिइ गराएको सो भ्रमणमा स्वास्थोपचारकोलागि पद्मावती स्वास्थ्य केन्द्रका संयोजक सहित ६ जना स्वयंसेवकहरु भ्रमणमा सत्रिय तुल्याइएको थियो ।
|
| top |
| |
शाक्य पुचः
- शाक्य पुचः सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभाको उपलक्ष्यमा कनिबहाल स्थित गुडविल होटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनुभएका सहकारी विभागका का. मु. रजिष्ट्रार नारायण प्रसाद बिडारी सहित सहकारी विज्ञहरुको उपस्थिति रहेको कार्यक्रममा सचिव श्री शाक्यले सहकारीहरुलाइ लगाइदै आएको कर छुट गर्न सम्बन्धित पक्षहरुसंग माग गर्नु भयो ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष धर्मराज शाक्यको सभापतित्वमा दुई चरणमा भएको थियो । संस्थाको नयाँ सञ्चालक समितिमा धर्मराज शाक्यकै अध्यक्षमा नयाँ कार्यसमिति निविरोध रुपमा निर्वाचित भएको सो साधारण सभामा जानकारी गराइएको थियो ।
|
| top |
| |
म ओ पे मु का सहकारी संस्थाको
-
महाबौद्ध
ओकुबहाल पेशागत मुर्तिकला कालिगढ सहकारी संस्था लि को ११औ बार्षिक साधारण
सभा पुष २७ गते स्थानीय ओकुबहालमा सम्पन्न गरियो । डिभिजन सहकारी कार्यालयका
अधिकृत राजेश गिरीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरीएको थियो ।
कार्यालयमा प्रवेष गर्ने बित्तिकै बढी कुरा गरे मार्ने धम्की दिई लुटेराले लुटपाट गरेका थिए" महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीउपरीक्षक केशव अधिकारीले भन्नुभयो । कार्यालयमा रहेका ६ जना कर्मचारीलाई नियन्त्रणमा लिई नजिकैको कोठामा थुनेर भागेका थिए । प्रहरीका अनुसार लुटेराले कर्मचारीको मोबाईलको सिमकार्ड निकाल्नुका साथै प्रबन्धक गणेशबहादुर केसीको फोनको लाइन पनि काटिदिएका थिए।
|
| top |
| |
हेपाटाइटिस बी खोप शिवीर
-
यही मंसीर २९ गते पद्मावती बचत तथा ऋण सहकारी संस्था अन्तरगत पद्मावती स्वास्थ्य केन्द्रको आयोजना र सामुदायिक सवास्थ्य संघको प्राविधिक सहयोगमा पहिलो हेपाटाइटिस बी खोप शिवीर सम्पन्न गरियो ।शिवीरमा ७५ जना बालबालिका एवं व्यस्क महानुभावहरुले खोप गराइ भविष्यमा हुनसक्ने विभिन्न रोगबाट बच्न सुरक्षित हुनु भइ लाभ उटाइएको थियो भने यसै क्रमलाइ निरन्तरता दिदै पुष २ गते दोस्रो हेपाइटीस बी र पुष २९ गते तेस्रो हेपाटाइटिस बी खोप शिबिरहरु सम्पन्न गरियो । चौथो खोप शिविर फागुन छ गते शनिवार संचालन गरिने स्वास्थ्य केन्द्रले जनाएको छ ।
|
| top |
| |
शुभकामना आदानप्रदान
-
विजया दशमी तथा शुभ दिपावलीको उपलक्षमा राष्ट्रिय सहकारी बैंकद्वारा यही असोज १० गते काठमाडौंमा शुभकामना आदानप्रदानकालागि एक कार्यक्रम आयोजना गरीयो । उक्त कार्यक्रममा सहकारीको आवश्यकता, महत्व र यसबाट लक्षित वर्गमा पुग्नजाने सहयोगको बारेमा चर्चा गरीएको थियो । सहकारी क्षेत्रलाई गरीबी निवारणाका सशक्त माध्यम बनाउनु पर्नेमा विभिन्न महानुभावहरुले जोड दिनु भएको थियो । सरकारी, गैर सरकारी निकायका साथै सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रममा २०६३ सालको विजया दशमी तथा शुभ दिपावलीले सबैमा सहकारीको मुल्य, मान्यता अनुरुप निष्थापुर्वक लाग्न अभिप्रेरीत गरोस् भन्ने कामना गरीएको थियो । सो कार्यक्रम राष्टिय सहकारी बैंकका अध्यक्ष राजेश जोशीको सभापतित्वमा सम्पन्न भएको थियो ।
|
| top |
| |
लालिगुरासँ महिला बचत तथा ऋण
-
सिन्धुपाल्चोक जिल्लाको फटकशिला गा. बि. स. स्थित लालिगुरासँ महिला बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारण सभा हालै सम्पन्न भयो । संस्थाका तदक समितिका अध्यक्ष श्रीमति शान्त माया तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त सभाले नयाँ सञ्चालक समिति र लेखा समितिको निवार्चन गरेको छ । उक्त सभामा बिभिन्न महानुभावहरुले संस्थाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । ५८ जना जना महिला सदस्य रहेको सो संस्थाको रु२९००० शेयर पुँजी रु ५५७३८ बचत पुँजी रहेको छ ।
|
| top |
| |
स्कोप साकोसको १३ औं साधारण सभा
-
५०औं सहकारी दिवसको उपलक्ष्मा ललितपुर जिल्ला भरीको बचत तथा ऋण संस्थाहरु मध्ये उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानीत रहेको स्कोप साकोसले १३औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष किरण भाइ शाक्यको सभापतित्वमा सम्पन्न सो सभाका प्रमुख अतिथी कृषि तथा सहकारी मन्त्रालयको सचिव गणेश कुमार केशी, ललितपुर डिभिजनका राजेश गिरी, नेपाल हस्तकला संघका अध्यक्ष पञ्च राज शाक्य, सरकारी निकायका पदाधिकारी, मित्र संस्थाका आमन्त्रित ब्यतिहरु, पत्रकारहरु लगायत उल्लेख्यरुपमा सदस्यहरुको उपस्थिती रहेको थियो ।
यस सभामा लेखा तथा सुपरीवेक्षण समित, संस्थाका कोषाध्यक्षले आ- आफ्नो प्रतिवेदन प्रस्तुत गरीयो । सरकार सहकारी नियम परिर्माजीत गर्ने त्रममा रहेको के सीको भनाई थियो । साथै स्कोपले सहकारी मुल्य र मान्यतालाई आर्थिक र सामाजिक मात्र नभई आफ्नो सदस्यको आर्थिक व्यत्तित्व विकास गरेकोमा खुसी व्यत्त गर्नुभयो । नेपाल हस्तकला संघका अध्यक्ष पञ्च राज शाक्यले पनि आवश्यक थानेको हस्तकला सम्बन्धि सिप , बजार सम्बन्धि तालिम दिन हरदम तत्पर रहेको भन्नुभयो ।
कुल चत्ता पुँजी ५१८३९०० रहेको यस संस्थामा ६३९ पुरुष र ४९७ महिला गरी जम्मा ११२६ सदस्य रहेका छन् । यस वर्ष ११ ऽ लाभांष वितरण गर्न सफल यस संस्थाले विभिन्न शिर्षकमा बचत संकलन तथा ऋण सञ्चालन गरेको छ। रु४४५१६७९८ ऋण प्रवाह गरेर खुद आम्दानी रु९७०८६२९६८ गरेको यस संस्थाको सभामा उत्कृष्ट छात्र-छात्रालाई सम्मान, स्वयंसेवक तादाकिमी किगावासालाई प्रशंसा पत्रका साथै विभिन्न व्यत्तिलाई मायाको चिनो दिई सम्मान गरीयो ।
|
| top |
| |
रत्नाकर साकोसको आठौं साधारण सभा
-
सात
बर्ष देखि निरन्तर सहकारी क्षेत्रमा समप्रित,
ललितपुर गाबहाल स्थित रत्नाकर साकोसले आफ्नो आठौं बार्षिक साधारण सभा सम्पन्न
गरेको छ । लोकसेवा आयोगका प्रमुख तिर्थमान शाक्यबाट पानसमा दिपबालेर उद्घाटन
गरेको सो सभामा पद्मावती साकोसका अध्यक्ष नेमवीर शाक्य, राष्ट्रिय
सहकारी बोर्डका उप निर्देशक शिव प्रसाद घिमिर, ललितपुर बचत तथा ऋण
सहकारी संस्थाका अध्यक्ष रोहीनी जोश, अन्तरलगानी भएका संस्थाहरु
र ९०% भन्दा धेरै सदस्यहरुको उपस्थिती थियो ।
रत्नाकार
साकोसले शुरुदेखी नै तन, मन, धन दिएर सहयोग, प्रोत्साहन
र हौसला दिनुभएका स्वं आजु गणेशराज बज्राचार्यलाई रत्नाकर सहकारी सम्मान
स्वं बज्राचार्यका छोरालाई प्रदान गरीयो । सहकारीले समुदायमा खेलेको भुमिका
र यसको महत्त्वको बारेमा गहकिलो विचार मुख्य अतिथी शाक्यले दिनुभयो । यसै
त्रममा उपनिर्देशक घिमिरेले सहकारीमा राजनीतिक प्रदुषण र सरकारी चलखेल
बढी भएमा सहकारी असफल हुने बताउनु भयो ।
आ. व. २०६२-६३ असार मसान्त सम्म २५७ सदस्य रहेको यस संस्थाले शेयर पुँजी रु२४०६९००, बचत संकलन रु ३०७२१९२३ र ऋण लगानीमा रु २५८५११८७ गरेको छ । यस बर्ष पनि शेयर सदस्यलाई १३% लाभांष दिनुका साथै संस्थाका अध्यक्ष सिद्बिरत्न बज्राचार्य र लेखा संयोजकले प्रस्तुत गरेको प्रतिवेदनलाई अनुमोदन गरीयो । साथै यस साधारण सभामा आगामी ३ वर्षसम्मको लागी करुणा रत्न बज्राचार्यको अध्यक्षतामा कार्यसमिती र लेखासमितीको नाम घोषणा गरीयो ।
|
| top |
| |
१५ दिनको थप अल्टिमेटम
-
राष्ट्रिय सहकारी संघका अध्यक्ष दिपक कुमार बास्कोटा संयोजक रहेको दबाव समिती ले पुनः १५ दिनको लागी आफ्नो शान्तिपुर्ण आन्दोलनलाई पछि सारेको छ । २० शुत्रीय मागलाई सरकारको तर्फबाट अर्थमन्त्री र कृषी तथा सहकारी मन्त्रीलाई लिखित ध्यानाकर्षण गराएका थिए । ७ वटा मागलाई तत्काल र बाँकी मागलाई दिर्घकालीन रुपमा समाधान गरीनुपर्ने उल्लेख गरीएको छ ।
सबै सहकारी संघ संस्थाहरुको एकमत रहेको उत्त मागप्रति सरकारले तयारी गरीरहेको बुझिएको छ । सहकारी जस्तो समुदायमा आधारीत रहेर चल्ने विशुद्ब क्षेत्रलाई कम्पनी सरह कर लगाउनु न्यायपुर्ण हुँदैन ।
|
| top |
| |
पद्मावती सहकारीलाई पुरस्कारको धोषणा
- ललितपुर जिल्लाको जाउलाखेल स्थित पद्मोना बचत तथा ऋण सहकारी संस्था लि को छैंठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उत्त साधारण सभाको राष्ट्रिय सहकारी बैंकका सञ्चालक के. पी उप्रेतीले उद्घाटन गर्नु भएको थियो ।संस्थाका अध्यक्ष प्रकाश बहादुर महतको सभापतित्वमा सम्पन्न सो साधारण सभामा राष्ट्रिय सहकारी संघका सञ्चालक विजय राज घिमिरे, केन्द्रिय उपभोत्ता सहकारी संघका अध्यक्ष दिपक राज पौडेल, डिभिजन सहकारी कार्यालय ललितपुरका सहकारी अधिकृत राजेश गिरी, जिल्ला बचत तथा ऋण सहकारीका सचिव कुमार खत्रीले शुभकामना व्यत्त गर्नु भएको थियो ।
उत्त कार्यत्रममा गत वर्ष एस. एल. सी. मा उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोरा छोरीलाई सम्मान गरीएको थियो । कार्यत्रममा संस्थाको गत आर्थिक बर्षको प्रगति समिक्षा गर्नुका साथै चालु बर्षको बार्षिक कार्यत्रम तथा बजेत प्रस्तुत गरीएको थियो । सो साधारण सभाले ३ बर्षका लागि श्याम प्रसाद घिमिरेको अध्यक्षतामा ७ जना सञ्चालक सदस्य समिती र ३ सदस्य लेखा समितीको निर्वाचन समेत गरेको थियो । ५९ महिला र १९७ पुरुष गरी २६६ सदस्य रहेको यस संस्थाको रु ८५५०००० शेयर पुजी रहेको छ । यस संस्थाको रु१२४१७१९१ बचत र रु१७१७३७४३ ऋण लगानी गरीएको छ ।